• Bagmati Pradesh, Pulchowk, Lalitpur
२०८२ वैशाख २०, शनिबार

21°

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/पाटनको कला देखेर अष्ट्रियाकी विदेशमन्त्री कारिन प्रभावित

पाटनको कला देखेर अष्ट्रियाकी विदेशमन्त्री कारिन प्रभावित

२२ चैत्र २०८०, बिहीबार

नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकी अष्ट्रियाकी विदेशमन्त्री कारिन क्नायसल्ले बिहीबार ललितपुरको पाटन दरबार संग्राहलयको अवलोकन गरेकी छिन् । 

उनले ललितपुर अत्यन्तै सुन्दर सहर भएको बताउँदै यसले आफू प्रभावित भएको बताइन् । अर्को पटक नेपाल आउँदा ललितपुर आउन नछुटाउने उनले बचन दिइन् । अवलोकनका क्रममा उनले सुन्दरीचोक, मूलचोक, केशवनारायणचोक , ट्रेजर पोखरी लगायत पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकी थिइन् । धातुकला , काष्ठकलाको उनले रुचिपूर्वक जानकारी लिएकी थिइन् । 

उनलाई दरबार संग्राहलयमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले स्वागत गरेका थिए ।

विदेशमन्त्री क्यायसल्ले दरबार संग्राहलयमा रहेका ऐतिहासिक महत्वका सामग्रीे चासोपूर्वक जानकारी लिएकी थिइन् । पाटन कलात्मक सहर भएको बताउँदै उनले संग्राहलयले यसको गरिमा अझैं बढाएको बताइन् । 

अष्ट्रिया सरकारले लामो समयदेखि पाटन संग्राहलयको संरक्षण, जिर्णोद्धार र संचालनमा सहयोग गर्दै आएको छ । संग्राहलयमा सोलार जडानमा समेत सहयोग गरेको छ । विदेशमन्त्री क्यायसल्ले विगतदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिने समेत बताइन् । अष्ट्रिया सरकारले पाटन संग्राहलयभित्रको केशवनारायण चोकको उत्तरी भित्ता जिर्णोद्धारलागि समेत सहयोग गरेको पाटन दरबार संग्राहलयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए । 

महानगरका मेयर महर्जनले सम्पदा संरक्षण महानगरको पहिलो प्राथमिकता भएको बताए । उनले भूकम्पमा क्षतिग्रस्त भएका सम्पदाको पुनर्निर्माण तिव्रताको साथ अघि बढेको बताए । उपमेयर गीता सत्यालले ललितपुरको कलाले नेपाललाई विश्वमा चिनाएको बताउँदै यसको संरक्षण महानगरको मुख्य एजेण्डा भएको बताइन् ।

महानगरका सम्पदा सल्लाहकार डा.रोहित रंजितकारले पुनर्निर्माण हुँदै गरेका सम्पदा र ऐतिहासिक महत्वका विषय अवगत गराएका थिए । 

१३ सदस्यीय टोली सहित नेपालको भ्रमणमा रहेकी क्यायसल् शनिवार भुटान हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
पाटनको कला देखेर अष्ट्रियाकी विदेशमन्त्री कारिन प्रभावित
२२ चैत्र २०८०, बिहीबार