ललितपुर महानगरको तेस्रो नगरसभा सम्पन्न, पाँच वटा ऐन पारित
ललितपुर । पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५, ललितपुर महनगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन विद्येयक २०७५, फोहरमैला व्यवस्थापन विद्येयक २०७५, न्यायिक समिति (कार्यविधि सम्वन्धि) व्यवस्था गर्न वनेको विद्येयक २०७५ र सहकारी विद्येयक २०७५ पारित भएको हो । […]