विश्व सम्पदा स्थल
युनेस्कोले विश्व सम्पदा स्थल घोषित ७ क्षेत्र मध्ये एक “पाटन दरवार क्षेत्र” तथा यसका वरपरका क्षेत्र
१) पाटन दरवार क्षेत्र
क) सुन्दरी चोकः यस चोक भित्र कलात्मक तुसा हिटि रहेको छ ।
ख) मुलचोकः यो पाटन दरवार क्षेत्रमा रहेको ३ प्रमुख चोकहरु मध्ये सबै भन्दा ठूलो चोक हो ।
ग) केशव नारायण चोक
घ) कृष्ण मन्दिरः दरवार क्षेत्रमा रहेको भगवान श्री कृष्णको यो मन्दिर १७ औं शताब्दिमा सिद्धिनरसिंह मल्लले वनाएका हुन् । शिखर शैलीमा निर्मित यो मन्दिर ढुंगाबाट निर्माण गरिएको छ । नेपालको एक मात्र २१ गजुर भएको मन्दिर हो
ङ) तलेजु मन्दिर
२) कुम्भेश्वर मन्दिरः कुम्भेश्वर मन्दिर ललितपुरको एक मात्र पांचतल्ले मन्दिर हो । यो शिव मन्दिर वि.सं. १३९२ मा राजा जयस्थिति मल्लको पालामा निर्माण भएको हो । जनै पूणिर्माका दिन यहां ठूलो मेला लाग्दछ ।
३) हिरण्यवरवर्ण महाविहारः तिन तले पेगोडा शैलीको यो मन्दिर शाक्यमुनी वुद्धको हो । स्वर्णमन्दिर नामले प्रसिद्ध यो महाविहार १२ औं शताब्दीमा राजा भाष्कर मल्लले निर्माण गरेका हुन् ।
४) महावौद्धः १५८५ मा निर्मित शिखर शैलीको यो मन्दिरलाई हजार वुद्धको मन्दिर पनि भनिन्छ । यो मन्दिरमा टेराकोटा कारीगरीको उत्कृष्ट नमूना देख्न सकिन्छ ।
५) पाटन संग्राहलय
६) च्यासल
७) सदर चिडियाखाना
प्रमुख बौद्ध बिहारहरु